चिनियाँ प्रतिक्रियाबारे उनले मलाई सचेत हुन पनि भने । भारतीय सेना सतर्क अवस्थामा थियो । उनले सफलताका लागि मलाई शुभकामना दिए । विदेश मन्त्रालयमा एक दिनको बि्रफिङपछि ९ अपि्रलमा म ग्यान्टोक पुगें । मेरो नियुक्तिलाई रेडियो र अखबारहरूले प्रमुख समाचार बनाइसकेका थिए । समाचारमा उनीहरूले ' सिक्किम लाई भारतले लिएको' उल्लेख गरेका थिए ।
सिलिगुडीबाट एयर फोर्सको हेलिकप्टर चढेर म ग्यान्टोक पुगें । हेलिप्याडको दुवैतर्फ चोग्यालविरोधी प्रदर्शनकारी थिए, जसको नेतृत्व काजी लेन्डुप दोर्जीले गरेका थिए । भारतको राजनीतिक कार्यालयका सुधीर देभारे,सिक्किम का मुख्यसचिव, प्रहरी कमिस्नर र भारतीय सेनाका प्रतिनिधि सबैले मेरो स्वागत गरे । समारोह नै गरी मलाई ड्यासमा बसाइयो । पहिले देवानहरू बस्ने घरमा मेरो बसोबासको प्रबन्ध गरिएको थियो । त्यहाँसम्म म हिँडेरै गएँ । त्यो लामो र थकाइ लाग्ने हिँडाइ थियो । तर, त्यो अनेकन रहस्यहरूले भरिएको रोमाञ्चकारी अनुभव पनि थियो । मेरो लामो करियरमा यसरी स्वागत पाएको यो नै पहिलो अवसर थियो ।
अर्को दिन मैले चोग्यालसँग भेट्न समय मागें । उनका सचिवले मलाई जानकारी गराए कि उनले आफ्ना ज्योतिषसँग परामर्श गरेपछि शुभअवसर पारेर भेट्नेछन् । भारतीय प्रधानमन्त्रीले सिक्किम सरकार चलाउन मलाई प्रतिनिधिका रूपमा खटाएको भए पनि चोग्याल त्यहाँका शासक थिए र संविधानतः म उनका लागि नियुक्त भएको व्यक्ति थिएँ । उनले अर्को दिन मलाई भेटे, जुन दिन उनका ज्योतिषले शुभदिन ठहर्याएका थिए ।
हाम्रो भेटघाट अप्ठ्यारो र रूखो खालको थियो । कूटनीतिक स्कार्फ आदानप्रदानको सामान्य औपचारिकतापछि चोग्यालले भने, 'मिस्टर दास, कृपया नोट गर्नुहोस्- सिक्किम गोवा होइन, जहाँ तपाईं प्रशासक बन्न आउनुभएको छ । हामी स्वतन्त्र छौं, तपाईंको सेवा मेरो सरकारलाई सहयोग गर्न लिइएको हो । यसमा कुनै असमझदारी नहोस् ।'
त्यसपछि उनले दिल्लीले आफूलाई कसरी खराब व्यवहार गर्यो र कसरी आफूप्रति अन्याय गरियो भनी गाली गर्न सुरु गरे । काजी लेन्डुप दोर्जीका मानिस कसरी सिक्किम को परिचय ध्वस्त गर्न गुन्डागर्दीमा उत्रिए भनी उनले असन्तुष्टि व्यक्त गरे । उनले मलाई दिल्लीलाई यो बताउन भने कि, 'दिल्लीको असली मित्र सडकमा आतंक र हिंसा मच्चाउँदै हिँड्ने गुन्डाहरू होइनन्, ममात्र हुँ ।' भारतीय सेनाका मानार्थ मेजर जनरल भए पनि यही सेनाले अनादर गर्दा उनी हैरान भएका थिए । भारतीय सेनाले सबै प्रहरी चौकीहरू नियन्त्रणमा लिएको थियो । 'म यो अपमानका लागि भारतीय सेनालाई कहिल्यै माफ गर्न सक्दिनँ,' उनले भने ।
अन्ततः उनले यो पनि भने, उनी 'प्रशासक' को मेरो पद स्विकार्न सक्दैनन् । मैले कूटनीतिक भाषामा भनें- सायद 'प्रमुख कार्यकारी' भनेर यसको नाम फेर्न सकिएला । चतुर व्यक्ति भए पनि उनले यसमा सूक्ष्म अन्तर बुझेनन् । 'प्रमुख कार्यकारी'ले स्वतः सरकार प्रमुखको पद जनाउँछ, जसले सबै कार्यकारी शक्ति आफूसँग राखेको हुन्छ । यो कुरा विचार नगरेरै उनी यसमा राजी भए । र, मैले यसमा विदेश सचिवको सहमति पाएँ । यसरी प्रशासकको नियुक्ति लिएर गएको म सिक्किम को प्रमुख कार्यकारी भएँ, यसअघि चोग्यालले शासकका रूपमा प्रयोग गरेका सबै शक्तिका साथ सरकारको नेतृत्व गर्न पुगें । न्यायिक शक्तिचाहिँ अझै उनीसँगै थियो, आखिरमासिक्किम को उच्च न्यायालयपछि अपिल सुन्ने उनी नै थिए ।
चोग्याललाई भेटेर निस्केपछि म सिधै शंकर बाजपेयीलाई भेट्न इन्डिया हाउस गएँ । बेलायती शासकहरूले २० औं शताब्दीको सुरुतिर बनाएको यो भवन बेलायती शक्तिको प्रतीकजस्तो थियो, जहाँ भुटान र सिक्किम हेर्ने गरी सर क्लाउडे ह्वाइट सन् १९०४ मा पहिलो राजनीतिक अफिसरका रूपमा बसेका थिए । त्यहाँ पिउन बस्दा हामीले स्वतन्त्रता प्राप्तिपछिको सरकारले गरेका गल्तीहरू सच्याउन सक्छौं भन्ने थोरै अनुभव गर्यौं ।
मैले केवल सिंहबाट प्राप्त गरेको निर्देशन के थियो भन्नेबारे शंकर जान्न चाहन्थे । मैले सानो डायरीमा केही प्रमुख बुँदाहरू टिपेको थिएँ । यी कुनै पनि बुँदाहरूले अन्तिम उद्देश्यको संकेत दिएका थिएनन् । इन्दिरा गान्धीको विशेषता के थियो भने, साधारणतया उनी स्वयं कुनै राजनीतिक प्रतिबद्धतामा बाँधिन चाहन्नथिन् । उनको दृष्टिकोणसँग मिल्ने के निष्कर्ष निकाल्ने भन्ने काम उनी आफ्ना निकट सल्लाहकारलाई छाड्थिन् । (इन्दिराको) एउटा निर्देशनमा शंकर र म मुस्कुरायौं, ' सिक्किम ेली जनताको आकांक्षाको हामीले समर्थन गर्नैपर्छ र चोग्याललाई उनीहरूको शोषण गर्न दिनु हुँदैन ।'
वास्तवमा भविष्यमा गरिने सबै योजना बनाउने मुख्य निर्देशन यही थियो र श्रीमती गान्धीको सोचाइसँग मिल्ने उत्तर पनि यसैले दिन्थ्यो । 'विलय' भन्ने शब्द कहीं कतै उल्लेख गरिएको थिएन । पर्दापछाडि बसेर हामीलाई नियन्त्रण गर्ने केवल सिंहले पनि यो शब्द कहिल्यै उच्चारण गरेनन् । तर शंकर र मलाई नभनिएका यी कुराहरू थाहा थियो । यसले हामीलाई एकताका लागि सक्षम बनायो र हामीले त्यही प्राप्त गर्यौं, जुन हामीले प्राप्त गर्नु थियो ।
चीन र पाकिस्तानको द्वैषपूर्ण हमला दिल्लीमाथि भयो । अमेरिकालगायत पश्चिमा देशहरूले पनि गम्भीर आलोचना गरे, जसले हामीमाथि ठूलो दबाब उत्पन्न गर्यो । रुसी महासंघले संयम अपनाउन आग्रह गरेको थियो, बाँकी सबैले भारत साम्राज्यवादी भएको भन्दै प्रहार गरेका थिए । सिक्किम सँग जोडिएको भुटान सिक्किम लाई मन पराउँदैनथ्यो । यो सब हुँदा ऊ चुपचाप थियो तर पनि उसलाई लागेको थियो कि भुटानलाई अलग पारिएको छ । ७५ प्रतिशत सिक्किम ेली नेपाली मूलका थिए तर नेपालचाहिं भारतको सबभन्दा ठूलो आलोचक थियो ।
तिब्बत हुँदै आएका चिनियाँहरू नाथुला सीमाको दायाँतर्फ तैनाथ थिए । नाथुला कुनै बेला भित्री तिब्बतमा बेलायती राजनीतिक र आर्थिक प्रभुत्व जमाउने मुख्य नाका थियो । ऐतिहासिक प्रमाणका आधारमा सिक्किम ले तिब्बतमा परेका दुई भूभागमाथि दाबी गरेको थियो । त्यो चीनले ओगटेको थियो । पूरै सिक्किम नै चिनियाँ साम्राज्यको एउटा भाग हो भन्ने चीनको दाबी थियो । सिक्किम सरकारको पतनपछि भारतको राजनीतिक उपस्थिति बढेकोप्रति चीनले चासो राखेको थियो । आफूप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया त्यति साह्रो आलोचनात्मक होला भनेर भारतले पहिले सोचेको थिएन ।
मुख्य मुद्दाहरू चाँडो सुल्भिmयोस् भन्ने भारत चाहन्थ्यो । जस्तो कि, एक व्यक्ति एक मतका आधारमा ताजा निर्वाचन । विपक्षीको यस्तो मागप्रति चोग्याल अति असहिष्णु थिए । ७५ प्रतिशत नेपाली मतदाता भएको ठाउँमा चुनाव भयो भने आफ्नो नेतृत्वको भुटिया शासनको अन्त्य हुन्छ र आफूले सबै शक्ति गुमाउँछु भन्ने उनलाई थाहा थियो ।
सिक्किम को अवस्था सामान्य बनाउन, कुनै खास घटनाबिनै यसको प्रशासन चलाउन, अदालतमाथि नियन्त्रण गरिराखेका चोग्याल समर्थकबाट कर्मचारीतन्त्रलाई छुट्कारा दिलाउन दिल्लीले मलाई निर्देशन दिएको थियो । चोग्यालकी अमेरिकी श्रीमती होप कुकको अमेरिकासँग निकट सम्बन्ध थियो, जसले एक सम्प्रभु र स्वतन्त्र देशकी रानीको दाबीलाई समर्थन गर्दै आएको थियो । प्रशासनलाई पुनः सामान्य अवस्थामा ल्याउन र सबै कार्यालयहरूलाई चुस्त बनाउन मलाई खासै समय लागेन । प्रहरीहरू ड्युटीमा फर्के । चोग्याल निर्वाचन गराउन राजी भए पनि एक व्यक्ति एक मतको कुरामा भने मैले उनलाई मनाउन सकिनँ । भारतीय प्रतिनिधिका रूपमा राजनीतिक अधिकारी र उनको प्रमुख कार्यकारीका हिसाबले हामीले बदलिएको यो समयमा सम्झौतामा आउन उनलाई सुझायौं । अन्ततः ८ मे १९७३ मा चोग्याल र काजी लेन्डुप दोर्जीबीच सम्झौता भयो । चोग्यालको वंश जारी राख्ने र अन्य सबै जातिलाई न्याय दिने भारतले सुनिश्चितता दियो । मैले काम थालेको एक महिनामा भएको यो सम्झौताले चोग्यालको भाग्य निर्धारण गर्यो ।
0 comments:
Post a Comment